काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक तर्फको १ लाख ४९ हजार ६९३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता २२० रुपैयाँ तोकेर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।
मंगलवार नै ३५ दिने सूचना जारी गरेको बैंकले तोकिएको अवधिभित्र इच्छुक विद्यमान संस्थापकहरुले बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा शेयर कित्ता र प्रतिकित्ता रकम खुलाई निवेदन दिनुपर्ने बताएको छ ।
तोकिएको अवधिभित्र यो शेयर विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुन नसकेमा भने बैंकले अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जनाएको छ ।