काठमाडौं । राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कंडेलले घरायसी समस्याको कारण देखाएर राजिनामा दिएका छन् । उनले अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा मार्फत अध्यक्ष पदमा निरन्तरता दिन असमर्थ भएको भन्दै राजिनामा दिएका हुन् ।
उनलाई २०७६ कार्तिक २० गतेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले संस्थानको अध्यक्ष पदमा नियुक्ति गरेको थियो । यस अवधिमा संस्थानको विद्यमान समस्या र चुनौतीलाई समाधान उन्मुख गराई संस्थानको समग्र प्रगतिका लागि काम गरेको दाबी गरेका छन् ।