काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ४३ अंकले बढेर २,७८४ दशमलव ९५ को विन्दुमा कायम भएको छ । आज १११ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७० वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभनदा धेरै मध्यभोटेकोशीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यूनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, आज सबैभनदा धेरै प्रभु सेलेक्ट फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।