काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ४३ अंकले बढेर २,७८४ दशमलव ९५ को विन्दुमा कायम भएको छ । आज ७ अर्ब १२ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नेपाल टेलिकमको २१ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्र इलेक्ट्रिसिटि इन्भेष्मेन्ट कम्पनीका २१ करोडमाथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३१३ रुपैयाँ कायम भएको छ । अपि पावर कम्पनीको १९ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५०६ रुपैयाँ कायम भएको छ ।