काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले मुगुको टोप्ला गाउँका २५ बर्षिय टोप बहादुर बिष्टको परिवारलाई घरदैलोमे पुगेर मृतकको पत्नी गोरिकला बिष्टलाई मृत्युदाबी रकम २ लाख २० हजार २ सय रुपैयाँ भुक्तानी गरेको हो ।
गत असोजमा मुगुमा भएको बस दूर्घटना टोप बहादुर बिष्टको निधन भएको थियो । उनले कम्पनीमा गरेको बीमाङक रकमको आधारमा कम्पनीले उनको परिवारलाई दाबी भुक्तानी दिएको हो ।