काठमाडौं । वेष्ट फाइनान्स लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै ८ जना सञ्चालकको नाममा रहेको कुल १ लाख १५ हजार ५८५ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आफ्ना संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने भएकाले कम्पनीका ईच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादीस्थित प्रधान कार्यालयमा निवेदन दिन कम्पनीले आग्रह गरेको छ ।
कम्पनीले तोकेको समय अर्थात ३५ दिनभित्र पनि कुनै संस्थापक शेयरधनीहरुको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई विक्री गर्ने कम्पनीले सोही सुचनामा मार्फत जनाएको छ ।