काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक ४३ दशमलव २९ अंकले बढेर २,६९२ दशमलव ४७ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनी र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मध्यभोटेकोशीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, आज सबैभन्दा धेरै एनबिबिएल डिबेञ्चर इकाईधनीले गुमाएका छन् । यसका इकाइधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।