काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक ४३ दशमलव २९ अंकले बढेर २,६९२ दशमलव ४७ को विन्दुमा कायम भएको छ । आज ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार हुँदा आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नेशनल माइक्रोफाइनान्स कम्पनीको १० करोडमाथिको शेयर कारोबार भएको छ । गरिमा विकास बैंकको ९ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ८ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।