Connect IPS
IME Life

४३ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ६७ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक ४३ दशमलव २९ अंकले बढेर २,६९२ दशमलव ४७ को विन्दुमा कायम भएको छ । आज बैंकिङ र उत्पादनमुलक बाहेक सबै उपसूचक बढेका छन् । आज १६४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने २३ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३८ वटा कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेशनल माइक्रोफाइनान्स कम्पनीको १० करोडमाथिको शेयर कारोबार भएको छ । गरिमा विकास बैंकको ९ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ८ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनी र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मध्यभोटेकोशीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै एनबिबिएल डिबेञ्चर इकाईधनीले गुमाएका छन् । यसका इकाइधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS