Connect IPS
IME Life

बोनशमा लाग्ने कर बापतको रकम भुक्तानी गर्न कालिका लघुवित्तको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत बैशाख ७ गते पारित गरेको ९ दशमलव ७३ प्रतिशत बोनश शेयर बापतको कर रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले उक्त बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत गराई पुस १९ गतेदेखि सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न शुरु गरिसकेको छ ।

कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नम्बर, नाम तथा सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्न समेत कम्पनीले आग्रह गरेको छ । साविक जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड र यस कम्पनी मर्ज भई २०७६ साल पुस २३ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् ।

Prabhu
Crest

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट वितरण गरेको उक्त बोनस शेयर प्रयोजनका लागि लाग्ने कर बापतको रकम एकीकृत कारोबार पश्चात शेयर खरीद गरेकाहरुको हकमा मात्र लागू हुने कम्पनीले जनाएको छ । ।

कम्पनीले बोनस शेयरको कर बापतको रकम एनएमबि बैंक लिमिटेडको वालिङ शाखामा रहेको ०४५००२६६८३८०००१९ मा जम्मा गरि दिनका लागि आग्रह गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS