काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ७५ अंकले घटेर २,६४९ दशमलव २० को विन्दुमा कायम भएको छ । आज ५२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३४ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै मध्य भोटेकोशीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोपावर कम्पनी र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै विजय लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।