काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले माघ १४ गते सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस २० गतेको सञ्चालक समितिको बैठकले सभा धादिङको नौबिसे एग्रो रिसोर्टमा भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।
कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत १ दशमलव ०५३ प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले संस्थापक समूहबाट चार जना सञ्चालकहरु निर्वाचन गर्ने कार्यक्रमसमेत सभाका लागि तय गरेको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने सम्झौता बदर भएकाले उक्त निर्णयलाई अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित हुनेछ ।
नाडेपले डिप्रोक्स लघुवित्तसँग गाभिने गरि राष्ट्र बैंकसँग सैदान्तिक स्वीकृति लिएको थियो । कम्पनी शेयर कारोबार २०७७ पुस १६ देखि नै रोक्का छ ।