Connect IPS
IME Life

बीमाशुल्क संकलनमा विद्युतीय माध्यमको प्रयोग बढ्दा बीमितलाई लाभ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । जीवन बीमा कम्पनीहरुले नविकरण बीमाशुल्क संकलनमा अभौतिक माध्यम(विद्युतीय माध्यम)लाई प्राथमिकता दिएपछि बीमित लाभान्वित भएका छन् । जीवन बीमा कम्पनीले बीमितलाई नविकरण बीमाशुल्क भुक्तानीको लागी विद्युतीय माध्यम(अनलाइन बैंकिङ, विद्युतीय भुक्तानी माध्यम)हरुको प्रयोग गर्न प्रेरित गरिरहेका छन् ।

बीमितले नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मिति भन्दा सात दिन अघि वा सात दिनभित्र भुक्तानी गरेको अवस्थामा ५ देखि १० प्रतिशतसम्म बीमाशुल्क भुक्तानीमा छुट सुविधा पाइरहेका छन् । नेपाल लाईफ इन्स्योरेन्सको बीमितले बीमाशुल्क भुक्तानी गर्दा बढीमा ५ प्रतिशत वा बढीमा १ हजार ५ सय रुपैयाँसम्म नगद फिर्ता(क्यास ब्याक) प्राप्त गर्ने सुविधा उपलब्ध छ । त्यसबाहेक अन्य केही जीवन बीमकहरुको बीमाशुल्क भुक्तानीमा पनि नगद फिर्ताको योजना घोषणा गरिएको छ ।

Prabhu
Crest

जुनसुकै ठाउँबाट जुनसुकै समयमा बीमाशुल्क भुक्तानी गर्न सकिने सुविधा भएको हुँदा बीमालेख व्यतित भएर बीमितहरु बीमालेख अन्तर्गतको सुविधा प्राप्त गर्नबाट वञ्चित हुनुपर्ने जोखिम समेत हटाएको छ। भवितव्य वा दुर्घटना पूर्व सूचना दिएर नहुने भएकाले बीमितले बीमाशुल्क तिर्न ढिलाई भएकै अवस्थामा कुनै दुर्घटना भई दिएको अवस्थामा बीमित वा निजको आश्रित बीमावापतको पूर्ण लाभबाट वञ्चित हुनुपर्छ । विद्युतीय भुक्तानी माध्यमबाट बीमितले सिधै बीमाशुल्क भुक्तानी गर्न सहज भएकाले अहिले नविकरण बीमाशुल्कवापतको रकम अभिकर्तामार्फत् बीमा कम्पनीमा भुक्तानी गर्न पठाउनुपर्ने बाध्यता हटेको छ ।

तथ्यांक स्रोत : नेपाल राष्ट्र बैंक

अभिकर्ताले एक महिनासम्म नविकरण बीमाशुल्कवापतको रकम निजी प्रयोजनमा लगाउने वा बीमा कम्पनीसम्म नपुर्याई बीमितलाई ठग्ने प्रवृत्तिमा समेत अंकुश लगाउन विद्युतीय भुक्तानी माध्यमहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार कनेक्ट आइपिएस,ईसेवा, खल्ती, आइएमईपे, प्रभु पे, इपे लगायत २८ वटा भुक्तानी सेवा प्रदायक कम्पनीहरु संचालनमा रहेका छन् । यसबाहेक वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीहरुले समेत राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत लिएका छन् । तर बैंक तथा वित्तीय संस्थाहरुले बीमा कम्पनीहरुसँग सिधै सम्झौता गरेर बीमाशुल्क भुक्तानीको सुविधा भने उपलब्ध गराएका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS