Connect IPS
IME Life

शेयर बजारमा उछाल आउदा लगानीकर्ताको सर्वाधिक रोजाइका १० कम्पनी कुन कुन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यस सताको तीन कारोबार दिनमा नेप्से सूचक १५५ अंकले सुधार भइसकेको छ । हरेक दिन लगानीकर्ताको रोजाइ फेरिरहदा आज भने बाणिज्य बैंक तथा विकास बैंकको शेयरमा आकर्षण देखिएको छ । नेप्से सूचक सर्वाधिक धेरै ३२ सयबाट २२ सयमा झर्ने क्रममा बाणिज्य बैंक तथा विकास बैंकको शेयर मूल्य धेरै नै तल झरिसकेको थियो ।

Prabhu
Crest

बजार सुधार हुने संकेत सँगै आज मंगलबार लगानीकर्ताको सर्वाधिक रोजाइ बाणिज्य बैंक र विकास बैंकमा देखिएको छ । मंगलबार सबैभन्दा धेरै श्री इन्भेष्टेमेन्टको शेयर मूल्य बढेको छ । यस फाइनान्सको शेयर मूल्य ४३ रुपैयाँले बढेर ४८२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज लगानीकर्ताको दोस्रो रोजाइमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ । बैंकको ३२ रुपैयाँले बढेर ३५८ रुपैयाँ पुगेको छ । लगानीकर्ताको तेस्रो रोजाइमा परेको मध्ये भोटेकोशीको शेयर मूल्य १७ रुपैयाँले बढेर १९४ रुपैयाँ पुगेको छ । पहिलो कारोबार सबैभन्दा तल्लो विन्दुबाट सुरु भएकोले अझै केहि दिन कम्पनीको शेयर मूल्यमा लगातार सर्किट लाग्ने देखिन्छ ।

नेपाल एसबिआई बैंकको शेयर मूल्यमा पनि सर्किट लाग्ने क्रममा ३४ रुपैयाँले बढेर ३८५ रुपैयाँ कायम भएको छ । अर्को सिन्धु विकास बैंकको शेयर मूल्यमा पनि सर्किट लाग्ने क्रममा ३२ रुपैयाँले बढेर ३७७ रुपैयाँ कायम भएको छ ।

बाणिज्य बैंकहरुमा देखिएको आकर्षणका कारण आज ग्लोबल आइएमई बैंकको शेयर मूल्य पनि २५ रुपैयाँले बढेर ३२६ रुपैयाँ कायम भएको छ । लगानीकर्ताको रोजाइमा पर्न सफल किसान लघुवित्तको शेयर मूल्य ११७ रुपैयाँलेब बढेर १४९३ रुपैयाँ पुगेको छ ।

सर्वाधिक रोजाइमा पर्ने अर्को मल्टीप्रपोज फाइनान्सको शेयर मूल्य ३७ रुपैयाँले बढेर ४७१ रुपैयाँ कायम भएको छ । लगानीकर्ताको नवौ रोजाइमा पर्न सफल फर्ष्ट माइक्रोफाइनान्सको शेयर मूल्य पनि ६८ रुपैयाँले बढेर ८९८ रुपैयाँ पुगेको छ । त्यस्तै लगानीकर्ताको सर्वाधिक रोजाइमा परेको सिटिजन बैंकको शेयर मूल्य पनि २३ रुपैयाँले बढेर ३०२ रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS