Connect IPS
IME Life

बाणिज्य बैंकको शेयरमा उछाल आउदा नेप्से सूचक ६३ अंकले सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मंगलबार नेप्से सूचक ६३.०१ अंकले सुधार भएको छ । सूचकमा उल्लेख्य सुधार देखिए पनि कारोबार रकम भने ४ अर्ब ३२ करोड रुपैयाँमै सिमित भएको छ । सूचक २.४१ प्रतिशतले बढेर २६७९.९५ अंकमा रोकिएको छ ।

Prabhu
Crest

मंगलबार २३४ कम्पनीको कारोबार हुँदा १६६ वटा कम्पनीको शेयर मूल्यमा उल्लेख सुधार देखिएको छ भने २१ वटाको मूल्य भने घटेको छ । आज बाणिज्य बैंकको सूचक मात्रै ६३.६७ अंकले सुधार भएको छ । सर्वाधिक हिस्सा रहेको बाणिज्य बैंकहरुकै मूल्यमा आएको उछालले शेयर बजार सुधार हुन मद्दत पुगेको हो ।

उत्पादन तथा प्रशोधनमुलक र अन्य सूचक बाहेक बाँकी सूचक तथा उपसूचकमा उल्लेख सुधार भएको छ । आज सर्वाधिक धेरै विकास बैंकको ५.२३ प्रतिशतले सुधार भएको छ । ५ कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्स, सप्तकोशी डेभलपमेन्ट, मध्ये भोटेकोशी, नेपाल एसबिआई र सिन्धु विकास बैंकको शेयर मूल्यमा सर्किट लागेको हो । सर्वाधिक धेरै नेपाल बंगलादेश बैंक, नविल बैंक, अपि पावर, हिमालयन डिष्ट्रिलरीको भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS