काठमाडौं । नेपाल एसबिआई बैंकको २८ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३.५० प्रतिशत बोनश शेयर र १.८१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
साधारणभाले गत आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, वित्तीय विवरण लगायतका विवरणलाई पारित गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३.५० प्रतिशत बोनश शेयर र १.८१ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । बोनश शेयर पारित भए सँगै बैंकको चुक्ता पूँजी ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।
सभाले सर्वासधारण समुहबाट प्रतिनिधित्व गर्ने एक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव थियो । आज भएको निर्वाचनबाट सर्वसाधारण समुहबाट सिए अप्सरा उप्रेती निर्विरोध निर्वाचित भएकी छिन् ।