Connect IPS
IME Life

चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था,कालिका लघुवित्त वित्तीय संस्था,पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कालिका लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस २१ गते देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएकाले आज मंगलवार पुस २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते होटल टास्क इन्टरनेशनल प्रालिको सभाहल, पोखरा महानगरपालिका  १० बुद्धचोक कास्कीमा बिहान ९ बजे साधारण सभा बोलाएको छ ।

Prabhu
Crest

त्यसैगरी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गरेसँगै पुस २० गते मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनश शेयर र १ दशलमव ३१५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते होटल न्यू ईरा बुटवल उप महानगरपालिका ९ कालिकापथमा बिहान ११ बजे साधारण सभा गर्ने जानकारी दिएको छ ।

पोखरा फाइनान्सले साधारण सभा प्रयोजनको लागि पुस २१ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेसँगै मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८ दशलमव शून्य ७ प्रतिशत बोनश शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते दरबारथोक व्याक्वेंट बास्तोलाथर, पोखरा ९ कास्कीमा बिहान ९ बजे साधारण सभा बोलाएको छ ।

त्यसैगरी मल्टीपर्पस फाइनान्सले साधारण सभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गरेसँगै मंगलवासम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनश शेयर र शून्य दशलमव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS