Connect IPS
IME Life

नेप्सेको उकालो यात्रा जारी, दुई दिनमै ९२ अंकको सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुक क्लोज पछि सस्तिएको शेयरमा आकर्षित लगानीकर्ताका कारण यस साताको दुई दिनमै नेप्से सूचक ९२ अंकले सुधार भएको छ । आइतबार ६० अंकले बढेको शेयर बजारमा सोमबार पनि ३२.०३ अंकले सुधार भएको हो ।

Prabhu
Crest

साताको दोस्रो कारोबार दिनमा नेप्से सूचक ३२.०३ अंकले बढेर २६१६.९४ अंक कायम भएको छ । सोमबार कारोबार खुल्ने वित्तीकै सुधार हुन थालेको थियो । यस क्रममा अधिकतम २६३४ अंकसम्म पुग्यो । दिनभरिको उताचरढाव क्रममा अन्तिममा १.२४ प्रतिशतले सुधार भएर बन्द भयो ।

सोमबार २३० वटा कम्पनीको ८२ लाख ५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड ५० हजार रुपयाँको कारोबार भएको छ । जस मध्ये १४९ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने ४१ वटाको मूल्य घटेको छ ।

आजको कारोबार मध्ये सबै भन्दा धेरै कारोबार हुने पाँच कम्पनीहरुमा हिमालयन डिष्टिलरी, अपि पावर कम्पनी, नविल बैंक, शिवम् सिमेन्ट र नेपाल बङगलादेश बैंक रहेका छन् । आजको वजारमा लगानीकर्ताहरु  विशेष गरेर लघुवित्त कम्पनीमा झुमिदा अधिकांस लघुवित्त कम्पनीको सेयर मुल्य बढेको छ ।

सबै भन्दा धेरै मध्य भोटेकोशीका लागानीकर्ताले १० प्रतिशतका दरले कमाउदा तेह्थुम पावर कम्पनीका लागानीकर्ताले २ दशमलव ९२ प्रतिशतले गुमाएका छन ।  त्यसै गरेर ‘क’ वर्गका कम्पनीहरुको सुचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.६३ अंकले बढेर ४४८.२३ अंकमा पुगेर वन्द भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS