Connect IPS
IME Life

महुली लघुवित्तको संस्थापक शेयरको बोलकबोल गर्ने समय १० दिन थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरको बोलकबोल लिलाम आवेदनको लागि समय थप गरेको छ । संस्थाले थप १० दिन अर्थात पुस २८ गतेसम्मका लागि समय थप गरेको हो । संस्थापक शेयर गत पुस ४ गतेदेखि ११ गतेसम्म लिलामी खुला गरेको थियो । संस्थाले ३ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला राखेको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य ७३५ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

Prabhu
Crest

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । हाल संस्थाको सर्वसाधारण तर्फको शेयर मूल्य १५१५ रुपैयाँ छ । गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत बोनश शेयर दिदै छ । पुस २४ गते हुन लागेको साधारणसभाको बुक क्लोज भइसकेको छ ।

संस्थाले राम्रो लाभांश दिदै आएता पनि संस्थापक शेयरमा लगानीकर्ताको आकर्षण भने देखिएको छैन ।शेयर बजार घट्दो ट्रेण्डमा रहेकाले पनि संस्थाको संस्थापक शेयरमा लगानीकर्ताको आकर्षण नदेखिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS