Connect IPS
IME Life

बुक क्लोज पछि सस्तिएको शेयर किन्नेको आकर्षणले बजारमा उछाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुक क्लोज पछि सस्तिएको शेयर किन्नेको आकर्षणले शेयर बजारमा उछाल आएको छ । आज मात्रै १३ कम्पनीको शेयर मूल्य समायोजन पछि कारोबार भयो । अधिकाम्स सूचिकृत कम्पनीहरुले १५ दिनको अवधिमा बुक क्लोज गरेका छन् ।

Prabhu
Crest

गद भदौ २ गते पछि शेयर बजार लगातार ओरालो गतिमा छ । यस क्रममा अधिकाम्स कम्पनीको शेयर मूल्य आधा भन्दा धेरैले तल झरेको छ । यसै क्रममा राम्रो बोनश शेयर दिन लागेका कम्पनीको शेयर मूल्य बुक क्लोज पछि धेरै नै तल झरेको छ । घट्दो बजार र बुक क्लोज पछि कम्पनीहरुको शेयर मूल्य अण्डर भ्यालु भएको छ । यसले गर्दा सस्तो शेयर किन्न खोज्ने हाबी हुँदा शेयर मूल्यमा उछाल आएको छ । बुक क्लोज भएकै कम्पनीको शेयर मूल्यमा आएको सुधारले आज नेप्से सूचक पनि ६०.४२ अंकले सुधार भएको छ ।

सूचक सँगै कारोबार रकममा भने खासै सुधार देखिदैन । सूचकमा उछाल आए पनि कारोबार रकम भने ४ अर्ब १२ करोड रुपैयाँको मात्रै भएको छ । अहिले शेयर किन्ने लगानीकर्ताले अवको केहि महिना होल्ड गरेर बिक्री गर्ने उद्देश्यले खरिद गर्ने लगानीकर्ता बढेका छन् ।

आज म्युचुअल फण्ड बाहेक सम्पुर्ण सूचकमा सुधार देखिएको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन मुलक कम्पनीहरुको सूचकमा ५.०८ प्रतिशतले सुधार देखिएको छ । जसमा हिमालयन डिष्ट्रिलरी, शिवम सिमेन्ट पर्ने भएकाले उक्त कम्पनीको सुधारले सूचकमै सुधार देखिएको हो ।

त्यस्तै बाणिज्य बैंकको सूचक पनि पनि ३३ अंकले सुधार देखिएको छ । आज सर्वाधिक धेरै हिमालयन डिष्ट्रिलरीको शेयर मूल्यमा सुधार देखिएको छ । यो सहित मध्ये भोटेकोशी र सूर्या लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक कारोबार हुनेमा भने हिमालयन डिष्ट्रिलरी, नविल, शिवम लगायतका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS