Connect IPS
IME Life

बुक क्लोज पछि १३ कम्पनीको मूल्य समायोजन, कुनको कतिमा सुरु भयो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज १३ वटा कम्पनीको मूल्य समायोजन पछि कारोबार सुरु भएको छ । गत बिहीबार, शुक्रवार र आज उक्त कम्पनीको मूल्य समायोजन भएको हो । गत विहीबार बुक क्लोज भए पनि उनिहरुको पहिलो कारोबार भने आज हुँदैछ ।

मूल्य समायोजन भएको नविल बैंकको आज पहिलो कारोबार १०८५ रुपैयाँमा हुँदैछ बैंकले ३३.६० प्रतिशत बोनश शेयर दिदा १४५० रुपैयाँबाट समायोजन भएर १०८५ रुपैयाँमा झरेको हो । त्यस्तै हिमालयन डिष्ट्रलरीको ७५ प्रतिशत बोनश शेयर पछि ३९२५ रुपैयाँमा कारोबार भएको छ । गुडविल फाइनान्सको ९.१० प्रतिशत बोनश शेयर पछि ५३३ रुपैयाँमा कारोबार भएको छ ।

Prabhu
Crest

फरवार्ड लघुवित्तको ३५ प्रतिशत बोनश शेयर पछि १९६२ रुपैयाँमा कारोबार सुरु भएको छ । कृषि विकास बैंकको पनि २० प्रतिशत बोनश शेयर पछि मूल्य समायोजन भएर ४१० रुपैयाँमा झरेको छ । सिद्धार्थ बेंकको १४.२५ प्रतिशत बोनश शेयर पछि ४०६ रुपैयाँमा समायोजन भएको छ । आरएमडिसी लघुवित्तको पनि २० प्रतिशत बोनश शेयरको बुक क्लोज पछि मूल्य समायोजन हुने क्रममा ११४३ रुपैयाँमा झरेको छ । सेन्ट्रल फाइनान्सको पनि ७.७० प्रतिशत बोनश शेयर वितरण पछि मूल्य समायोजन भएर ३८२ रुपैयाँ कायम भएको छ ।

आधि खोला लघुवित्त वित्तीय संस्थाको पनि १९ प्रतिशत बोनश शेयर पछि मूल्य समायोजन भएर ३९० रुपैयाँ कायम भएको छ । चिलिमेको पनि ७.५० प्रतिशत बोनश शेयर पछि मूल्य समायोजन भएर ४६७ रुपैयाँबाट कारोबार भएको छ । समिट लघुवित्त वित्तीय संस्थाको २५.२८ प्रतिशत बोनश शेयरको बुक क्लोज हुने क्रममा शेयर मूल्य ११६५ रुपैयाँमा झरेको हो । एनआरएन इन्फ्राष्ट्रक्चर डेभलपमेन्टको पनि ५ प्रतिशत बोनश शेयरको बुक क्लोज हुँदा शेयर मूल्य ५११ रुपैयाँमा झरेको छ ।

मञ्जुश्री फाइनान्सको पनि ४० प्रतिशत बोनश शेयरको बुक क्लोज हुने क्रममा शेयर मूल्य ६७० रुपैयाँमा झरेको छ । इन्फिनिटी लघुवित्तले २७.७० प्रतिशत बोनश शेयरको बुक क्लोज गर्ने क्रममा शेयर मूल्य १३०७ रुपैयाँमा झरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS