Connect IPS
IME Life

नेपाल बंगलादेश र नविल बैंकको मर्जरको हल्ला चलाएर शेयर बजारमा खेल्दै लगानीकर्ता, मुकदर्शक नियामक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नविल बैंकले नेपाल बंगलादेश बैंक प्राप्ती गर्ने चर्चा र हल्लै हल्लाले विगत ९ महिनादेखि नेपाल बंगलादेश बैंकको शेयरमा तिव्र उतारचढाव हुँदै आइरहेको छ । तर यस अवधिमा दुई बैंकहरु मर्जरको कुनै पनि संझौता तथा निर्णय गरेका छैनन् । यस्ता विषयमा सञ्चार माध्यममा खुलेआम आउदा सम्बन्धित कम्पनीको शेयर मूल्यमा तिब्र उतारचढाव आइरहेको छ ।

नविल बैंक र नेपाल बंगलादेश दुबैको शेयर मूल्यमा धेरै नै अन्तर छ । यसले गर्दा लगानीकर्ताहरु नेपाल बंगलादेश बैंकको शेयरमा सर्वाधिक आकर्षित भएका छन् । विगत एक वर्षको अवधिमा नेपाल बंगालदेश बैंकको शेयर मूल्य २६७ रुपैयाँबाट अधिकतम ४९८ रुपैयाँसम्म पुग्यो ।

Prabhu
Crest

यस साता पनि नविल बैंक र नेपाल बंगालदेश बैंकको सञ्चालक समितिले गत बुधबार मर्जरमा जाने निर्णय गरेको सूचना बाहिरिए पछि बुधबार नै बैंकको शेयर मूल्य ३२ रुपैयाँले बढ्यो । शेयर बजार लगातार ओरालो झरिरहेको समयमा बंगलादेश बैंकको भने बढिरहेको छ । बैंकहरुको अपरिपक्व अझ छलफलकै क्रममा रहेका सूचना सञ्चार माध्यममा ल्याउने काम भइरहेको छ । यसमा सञ्चालक तथा उच्च व्यवस्थापनको बजारमा चलखेल गर्ने नियत धेरै देखिन्छ ।

सामान्य छलफलका सूचनालाई पनि बाहिर ल्याएर चलखेल गर्न खोज्नु आफैमा गैरकानुनी काम हो । कम्पनीहरुले मर्जरको छलफलका क्रममा सूचना बाहिर ल्याएर चलखेल गर्ने विषयमा छुट्टै निर्देशिका बनाउने काम भइरहेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । उनले भने ‘मर्जरका भित्रि सूचनालाई लिएर हुने कारोबारलाई कडै हिसावले नियमन गर्ने कानुनको मस्यौदा बनेको छ । यस विषयमा नेपाल राष्ट्र बैंक सँग पनि छलफल भइसकेको छ ।’

यस विषयमा नेपाल राष्ट्र बैंकले केहि कुराहरु संसोधन तथा परिमार्जन गर्न चाहेकाले पनि जारी हुन सकेको छैन । यो निर्देशिका आयो भने अहिले बजारमा भइरहेका हर्कतहरु नियन्त्रण हुने गिरीले जानकारी दिए ।

सामान किसिमका अझ समान मूल्यका कम्पनी मर्जरमा जादा दोस्रो बजारमा खासै चलखेल हुँदैन तर थोरै मूल्यका कम्पनी धेरै मूल्यका कम्पनी सँग मर्जर हुँदा दोस्रो बजारमा लगानीकर्ताहरुले सर्वाधिक खेल्ने गरेको पाइन्छ । हालकै मूल्यलाई हेर्ने हो भने नविल बैंकको प्रति कित्ता १४५० रुपैयाँ रहेको छ भने नेपाल बंगलादेशको ४०२ रुपैयाँ छ । यसमा पनि बुधबार एकै दिन ३३ रुपैयाँले बढेर यति पुगेको हो ।

एक वर्षको अवधिमा नेपाल बंगालदेश बैंकको प्रमुख लगानीकर्ता आइसिएफसी बैंकले आफ्नो शेयर बिक्री गरे बाहिरिने अन्तिम तयारीमा छ । उक्त शेयर नविल बैंक निकट लगानीकर्ताले खरिद गरेको चर्चा चलिरहेको छ । यसले गर्दा पनि सुरुदेखि नै नविल बैंकले नेपाल बंगलादेश बैंक खरिद गर्ने हल्ला चलाइएको थियो । यस विचमा दुई बैंकका विचमा आन्तरिक छलफल पनि भए होलान् । तर यहि सूचना बाहिर ल्याएर मूल्यमा चलखेल हुनु आफैमा गैरकानुनी काम हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS