Connect IPS
IME Life

नेप्से परिसूचक ५ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ६२ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव ५१ अंकले बढेर २,५२४ दशमलव ५० को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ,विकास बैंक,फाइनान्स, जीवन बीमा तथा इन्भेष्टमेन्ट उपसूचक घटेका छन् । आज ९१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२८ वटा कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको छ । कम्पनीको ५२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नविल बैंकको ४७ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्स कम्पनको २२ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बङलादेश बैंकको २० करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनको ४०२ रुपैयाँ शेयर मुल्य रहेको छ ।

आज सबैभन्दा धेरै मध्यभोटेकोशीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । नेपाल बङलादेश बैंकका लगानीकर्ताले ९ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् । प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS