काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी , मितेरी डेभलपमेन्ट बैंक र उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेसँगै शेयरमुल्य समायोजन भएको हो । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन्।
नेपाल पुनर्बीमा कम्पनीको १६ दशमलव ५० प्रतिशत बोनश शेयरको मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ११०४ रुपैयाँ ७२ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२८७ रुपैयाँ थियो ।
उन्नति सहकार्य लघुवित्तको ३० प्रतिशत बोनश शेयरको मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४८८ रुपैयाँ ४६ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १९३५ रुपैयाँ थियो ।
त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकको १३ दशमलव ३० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४४३ रुपैयाा ०७ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५०२ रुपैयाँ थियो ।