काठमाडौं । सान्जेन जलविद्युत् कम्पनीले आज पुस १३ गते साधारण सभा गर्ने भएको छ । सभा बिहान ११ बजे स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा हुने कम्पनीले जनाएको छ ।
कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको छ ।
कम्पनीले यस वर्ष लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन् । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि १३ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन पाउनेछन् ।