काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६९ दशमलव ७७ अंकले घटेको छ । आज ८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स र मध्य भोटेकोशीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । सानिमा लार्ज क्याप फण्डका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।