Connect IPS
IME Life

नेप्से परिसूचक भारी अंकले घट्दा सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६९ दशमलव ७७ अंकले घटेको छ । हिजो भारी अंकले बढेको बजार आज पहिरो गएको छ । आज शेयर बजार २,५२१ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा उपसूचक ५ प्रतिशतले घटेको छ ।

आज ८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज २३८ वटा कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको कारोबार भएको छ । बैंकको ३० करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज सिवम् सिमेन्टको २६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफको २४ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २१ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको १८ करोड ३५ लाख रुपैयाँको शयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स र मध्य भोटेकोशीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । सानिमा लार्ज क्याप फण्डका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS