काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आवेदन दिने मिति थप भएको छ । कम्पनीले पुस ४ गतेदेखि ३ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा विक्री गरेको हो । यस शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७३५ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । इच्छुक आवेदकले पुस १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्रदाताले बोलपत्र पेश गर्दा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि नलाग्ने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।