काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले नारायणगढ चितवनस्थित सिराइचुली होटलमा छुट पाउने भएका छन् । बैंक र होटलबीच सम्झौता भएसँगै सिटिजन्स बैंकको कार्डबाहक ग्राहकले सिराइचुली होटलमा सेवा लिँदा छुट पाउने भएका हुन् ।
सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।
सिटिजन्स बैंकले हाल १७४ वटा शाखा, १२३ वटा एटिएम र ८८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट सेवा दिँदै आएको छ ।