Connect IPS
IME Life

नेप्सेमा तीन कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले विजय लघुवित्त वित्तीय संस्था, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र महुली लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको हो । यी तीन वटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले विजय लघुवित्तको २० दशमलव शून्य ३ प्रतिशत बोनश शेयर पछिको शेयर मूल्य समायोजन गरी १ हजार २७२ रुपैयाँ १८ पैसा तोकेको छ ।कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयर मूल्य १ हजार ५२७ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।

Prabhu
Crest

त्यस्तै, नेप्सेले एनसीसी बैंकको ८ प्रतिशत बोनश शेयरको समायोजनपश्चात मूल्य २६३ रुपैयाँ ४३ पैसा तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य २८४ रुपैयाँ ५० पैसाको आधारमा मुल्य समायोजन गरेको हो ।

एनएसीसी बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनश र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ ।

नेप्सेले महुली लघुवित्तको २६ प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य १ हजार ५०२ रुपैयाँ ३८ पैसा तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयर मूल्य १ हजार ८९३ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते साधारण सभा आयोजना गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS