Connect IPS
IME Life

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछन् बोनश?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था,महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १३ गतेदेखि २५ गतेसम्म बन्द गरेसँगै पुस १२ गते सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २९ दशमलव ५ प्रतिशत बोनश शेयर र १ दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २५ गते केन्द्रीय कार्यालय नक्साल भगवतीबहाल, काठमाडौंमा दिउँसो १ बजे शुरु गर्ने जानकारी दिएको छ ।

Prabhu
Crest

त्यसैगरी, महालक्ष्मी विकास बैंकले मंसिर १३ गते बुक क्लोज गर्ने भएकाले पुस १२ गते सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २५ गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी दिएको छ ।

त्यस्तै, नेपाल हाइड्रो डेभलोपरले पुस १३ गते देखि २८ गतेसम्म बुक क्लोज गरेसँगै पुस १२ गते सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनश शेयर र शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते डिल्लीबजारस्थित रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजेबाट सभा शुरु गर्ने जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS