काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७१ दशमलव २० अंकले बढेको छ । आज१३२ वटा कम्पनकिो शेयर मुल्य बढेको छ भने ५२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ ।
आज सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज १५ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यी मध्ये अधिकांश बीमा कम्पनी रहेका छन् । आज २९ वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका हुन् ।