Connect IPS
IME Life

‍बीमा कम्पनीमा आएको उछालले शेयर बजार बुल ट्र्यापमा, कारण ‘पूँजी बढाउने हल्ला’ 

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अघिल्लो बुलमा जलविद्युत कम्पनीको हकप्रदको हल्लाले उचालेकोमा यस पटक भने बीमा कम्पनीको पूँजी बृद्धिको हल्लाले उचाल्न थालेको छ । गत विहीबारदेखि नै बीमा कम्पनीहरुको पूँजी बृद्धि हुने हल्लाले अधिकाम्स निर्जीवन तथा जीवन बीमा कम्पनीको शेयरमा उल्लेख्य सुधार देखिएको थियो ।

Prabhu
Crest

आज पनि अधिकाम्स निर्जीवन बीमा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै जीवन बीमा कम्पनीको शेयर मूल्यमा पनि उल्लेख सुधार देखिएको छ । बीमा समितिले नयाँ कम्पनीको लाइसेन्स जारी गर्ने क्रममा जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे दुईदेखि तीन अर्ब रुपैयाँ बनाउने हल्ला चलेको छ । यस विषयमा बीमा समितिले आधिकारित कुनै पनि निर्णय गरिसकेको छैन । केहि समयमै बीमा समितिले नयाँ बीमा कम्पनीको लाइसेन्स जारी गर्ने हल्ला चलिरहेको छ । यसै क्रममा बीमा कम्पनीको पूँजी बढाउने नीति ल्याउने हल्ला चलेको हो ।

यहि हल्लाले आज २७ वटा बीमा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । निर्जीवन बीमा कम्पनीको सूचक मात्रै ८.१७ प्रतिशले सुधार भएको छ । त्यस्तै जीवन बीमाको ९.७८ प्रतिशतले सुधार भएको छ । बीमा कम्पनीको आडमा अन्य कम्पनीको शेयर मूल्यमा पनि उल्लेख सुधार आएको छ । यसै क्रममा नेप्से सूचक २.८२ प्रतिशतले सुधार भएर २५९१ अंकमा रोकिएको छ । नेप्से सूचक ७१.२० अंकले सुधार हुँदा कारोबार रकम पनि ५ अर्ब १७ करोड रुपैयाँ नाघेको छ । शेयर बजार अधिकतम विन्दुबाट २२ सय अंकसम्म तल झर्दा अधिकाम्स बीमा कम्पनीको शेयर मूल्य तल्लो विन्दुमा थिए । लगानीकर्ताहरुको बीमाको कुनै न कुनै सकारात्मक समाचारको पर्खाइमा थिए । अहिले पनि ठुला लगानीकर्ताले बीमा समितिको नाममा सूचना फैलाउदै कारोबार गरेका छन् । तर बीमा समिति भने हकप्रद मार्फत पूँजी बढाउन दिने पक्षमा छैन ।

तोकिएको पूँजी कि त बोनश शेयर कि त मर्जरबाटै जुटाउनु पर्ने बाध्यात्मक अवस्था शिर्जना गर्न खोजिरहेको छ । तर बजारमा लगानीकर्ताहरु भने पूँजी बृद्धिको योजना ल्याउने त्यसमा पनि हकप्रद निष्काशन गर्न दिन सक्ने भन्दै हल्ला चलाइरहेका छन् । उनिहरुले यस भन्दा अगाडी बीमा समितिले नयाँ बीमा कम्पनीको लाइसेन्स जारी गर्नु अगाडी पूँजी बृद्धि गरेको थियो । यहिले पनि त्यहि घटना दोहोर्याउने उनिहरुको अनुमान छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS