काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले पुस ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको पुस७ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा लैनचौर ब्याङ्क्वेट्स, लैनचौर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुने कम्पनीले जनाएको छ ।
सभाले सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।
साथै, सभामा लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावहरू सभामा पशे हुनेछ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस २० गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।