काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले पुस ३० गते साधारण सभा गर्ने भएको छ । कम्पनीको ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले ७ दशमलव ७ प्रतिशत बोनस शेयर र ३ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १८ गते देखि ३० गतेसम्म बन्द गर्ने जानकारी दिएको छ । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।