काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलिदेखि रु. ५०० को नयाँ नोट प्रचलनमा ल्याउने भएको छ । रुपैयाँ ५०० दरको साविककै आकार तथा रङ्गमा संकेत नं. छ/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्मका नोट प्रचलनमा ल्याउने छ । राष्ट्र बैंकले ५०० दरका नोट २०७५ बैशाख १२ गते पछि निष्काशन गरेको थिएन् । बैंकले ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ छ’ भन्ने प्रतिज्ञामुलक वाक्यांश सहित जारी गर्न लागेको हो ।
यस्तो छ नोटको विशेषता
राष्ट्र बैंकले यस अघि २०७५ साल बैशाख १२ गतेदेखि सेरिज २०७३ रुपैयाँ ५०० दरको बैंकनोट संकेत नं. ङ./४६ ०००००१ देखि छ/ ४० ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा संङ्केत नं. ङ/४६ ०००००१ देखि छ/३७ ९९९९९९ सम्म मात्र चलनचल्तीमा ल्याइएको थियो ।
राष्ट्र बैंकले अहिले प्रचलनमा ल्याउन लागेको नोटको छपाई प्रकृयाँ २०७७ बैशाखदेखि सुरु गरेको थियो । अन्तर्राष्ट्रिय बोलकबोल, छपाइ, आयातसम्मको कार्य गर्दा डेड वर्ष लागेको हो ।