काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनश शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । कम्पनीको ३ लाख ८४ हजार ५८३ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
अव यो शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।