Connect IPS
IME Life

नविल बैंकको साधारणसभा पुस अन्तिममा, कहिलेसम्म शेयर किन्नेले पाउलान् आकर्षक लाभांश ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नविल बैंकले पुस ३० गते ३७ औ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले केन्द्रिय कार्यालय तीनधाराबाट साधारणसभा गर्ने भएको हो । कोभिड १९ का कारण शेयरधनीहरुलाई अनलाइन माध्यामबाट जोड्ने भएको छ ।

साधारणभाले सञ्चालक समितिले यस अगाडी प्रस्ताव गरेको ३८ प्रतिशत लाभांश पारित गर्नेछ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३३.६ प्रतिशत बोनश शेयर र ४.४ प्रतिशत नगद लाभांश पारितका लागि साधारणसभामा पेश गर्ने भएको हो । सभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदन तथा गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण लगायतका प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरण पछि बैंकको चुक्ता पूँजी १८ अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ । प्रस्तवित लाभांश पुस १५ गतेसम्म कायम शेयरधनीले प्राप्त गर्नेछन् । साधारणसभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS