Connect IPS
IME Life

सिभिल बैंकको एजिएम पुस ३० गते, लाभांश पारित सहित यस्ता छन् अन्य एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल बैंकले पुस ३० गते शुक्रबार साधारणसभा आह्वान गरेको छ। बैंकले उक्त सभा बालुवाटार स्थित आम्रपाली ब्यांक्वेटमा गर्ने जनाएको छ । बैंकको पुस ८ गते बसेको संचालक समितिको ैठकले उक्त सभाको मिति तय गरेको हो ।

बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २६ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभामा बैंकले सञ्चालक समितिको प्रतिवेदन २०७७/७८ पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आथिृक वर्ष २०७८/७९ (२०२१/२२) को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, लगायतका प्रस्ताव पेश हुने छ । त्यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग एक आपसमा गाभ्न गाभिन ९मर्जर गर्न वा प्राप्ति गर्न कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव ापरित गर्नेछ ।

सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने , नियामकबाट थप समशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पारित हुनेछन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS