काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर कम्पनीले तेस्रो वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा परेली फाइन क्याटेरिङ एण्ड ब्यांक्वेट, महाराजगञ्ज, काठमाडौं दिउँसो ४ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।
सभाले सर्वसाधारणलाई शेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । त्यस्तै, सभाले कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोाधन गर्ने, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।