काठमाडौं । आज शेयर बजार १२ दशमलव ५३ अंकले बढेको छ । आज ९९ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् । बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ७४ प्रतिशतका दरले गुमाएका हुन् ।