Connect IPS
IME Life

बीमा कम्पनीको पूँजी बढाउने हल्लाले उकासियो शेयर बजार, सूचक सँग कारोबार रकममा सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले बीमा कम्पनीको पूँजी बढाउने हल्लाले आज शेयर बजारमा अधिकाम्स बीमा कम्पनीको शेयर मूल्य बढेको छ । बीमा कम्पनीहरुको शेयरमा आएको उछालले समग्र नेप्से सूचक नै सुधार भएको छ । बिहीबार नेप्से सूचक १२.५३ अंकले सुधार भएर २५२० अंकमा रोकिएको छ । सूचक सँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज मात्रै ४ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ ।

साताको अन्तिम दिन लगानीकर्ताको बिक्री चापका बाबजुद पनि शेयर बजारमा सुधार देखिएको हो । लगानीकर्ताले अन्य पोर्टफेलियो बिक्री गरेर आज बीमा कम्पनीको शेयर उठाएका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनीको सूचक मात्रै ३.५६ प्रतिशतले सुधार भएको छ । अन्य सूचकहरु सुधार हुँदा विकास बैंक, हाइड्रोपावर र फाइनान्सको सूचकमा भने गिरावट आएको छ ।

Prabhu
Crest

बीमा समितिमा नेपाल सरकारले दुई सञ्चालक पठाए सँगै समितिले केहि दिनभित्रै नयाँ कम्पनी ल्याउनका लागि पूँजी बृद्धि योजना ल्याउने हल्ला चलेको छ । हल्लै हल्लाका भरमा शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै अन्य निर्जीवन बीमा कम्पनीहरुको शेयरमा उछाल आएको छ ।

केहि दिनदेखि शेयर बजारमा सुधारको संकेत देखिदै आएको छ । सरकारले केहि समयमै चुनावको घोषणा गर्नेदेखि लिएर तरलता सहज हुनेसम्मका हल्लै हल्लाले शेयर बजार बढिरहेको छ । गत भदौदेखि बैंकिङ प्रणालीमा देखिदै आएको तरलता अभावको समस्या चरम विन्दुमा छ । यो अवस्था अवका दिनमा विस्तारै सुधार हुदै जाने विश्लेषण गरिएको छ । यदि विस्तारै सुधार हुँदै जाने अवस्था रह्यो भने शेयर बजार अधिकतम २८ सयसम्म पुग्ने अनुमान गरिएको छ । अवको केहि समय शेयर बजार २२ सयदेखि २८ सयको विचमा चल्ने विश्लेषण गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS