काठमाडौं । नेप्सेमा मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सुचिकृत भएको छ । कम्पनीको ६ करोड कित्ता शेयर आज बिहिबार सुचिकृत भएको हो । नेप्सेले कम्पनीको आइपीओलाई एमबिजेसी सिम्बोल दिएको छ ।
शेयर सुचिकृत भएसँगै अब आगामी आइतबारबाट कम्पनीको शेयर कारोबार हुनेछ । कम्पनीको पहिलो कारोबारको लागि ९४ रुपैयाँ ३० पैसा देखि २८३ रुपैयाँ १७ पैसासम्मको रेन्ज तोकिएको छ ।
नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल रहेको छ ।