Connect IPS
IME Life

मिर्मिरे लघुवित्तको सभाधारण सभा पुस २९ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल सारथी, धुलिखेल काभ्रेमा बिहान ११ः३० बजे शुरु हुनेछ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा गत वर्षको नाफाबाट २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत आ।व। २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७४ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाहको विवरण लगायत सम्बन्धित अनुसूचीहरु पारित गर्ने छ ।

Prabhu
Crest

साथै, सभाले आर्थिक वर्ष २०७४/०७९ को लागि लेखापरीक्षकको नियक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, वर्तमान लेखापरीक्षक श्री के. जे एण्ड एशोसिएट्स पुनः नियुक्त हुन योग्य नरहेको, सञ्चालक समितिबाट गरिएको दुई जना सञ्चालक नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रबन्धपत्र र नियमावलीको सम्बद्ध दफामा संशोधन गर्न, स्वीकृति प्रदान गर्ने, प्रबन्धपत्र र नियमावलीमा संशोधन सम्बन्धी प्रस्तावहरुको संशोधनमा नियमनकारी निकायहरु (नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लिमिटेड आदि) बाट स्वीकृति लिन वा अभिलेख गराउने सिलसिलामा कुनै निर्देशन दिइएमा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन
एवं परिमार्जन समेतको कार्य गर्न सक्ने गरी संचालक समिति वा संचालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यस्तै, सभाले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, सञ्चालक समितिबाट गरिएको दुई जना सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोाधन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनका लागि पुस १९ गतेदेखि २९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । तसर्थ, पुस १८ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिनका साथै प्रस्तावित बोनस शेयर पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS