काठमाडौं । चन्द्रागिरि हिल्सले पुस २९ गते १२ औ वार्षिक साधारणसभा डाकेको छ । नोक्सानमा रहेको हिल्स लाभांश दिन सक्ने अवस्थामा छैन । चन्द्रागिरिले आफ्नै कार्यालय थानकोटबाट साधारणसभा गर्ने जनाएको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रतिवदेन तथा लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्ने कार्यतालिका रहेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको वासलात, नाफा, नोक्सान लगायतका वित्तीय विवरण पारित गर्नेछ ।
यसै सभाले सर्वसाधारण समुहबाट प्रतिनिधित्व जनाउने एक जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । त्यस्तै स्वतन्त्र सञ्चालकको पनि निर्वाचन गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि पुस १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।