Connect IPS
IME Life

शेयर बजारमा सुधारको संकेत सँगै विकास बैंक र हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार पछिल्लो एक वर्षको तुलनामा सबैभन्दा न्युनतम विन्दुमा छ । नेप्से सूचक सर्वाधिक उचाइमा रहदा भन्दा अहिलेको अवस्थामा अधिकाम्स कम्पनीको शेयर मूल्य सत प्रतिशतले गिरावट भएको देखिन्छ । बैंकिङ तरलता अभावको चरम प्रभावमा रहेको शेयर बजारमा केहि दिनदेखि सुधार हुने संकेत देखिदै आएको छ ।

बजार अहिले नै अधिकत्म विन्दुमा पुग्ने भन्दा पनि यो अवधिमा शेयर खरिद गर्नेले आगामी चैत बैशाखमा राम्रो आम्दानी गर्न सक्छन् । एक वर्ष अगाडी जुन जुन कम्पनीको शेयर मूल्यमा उछाल आएको थियो ति कम्पनीको शेयर मूल्यमा लगातार सुधार भइरहेको छ ।

Prabhu
Crest

मंगलबार सर्वाधिक धेरै ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले सुधार भएको छ । त्यस्तै जानकी फाइनान्सको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्ने क्रममा ५१ रुपैयाँले बढेर ५७१ रुपैयाँ पुगेको छ । व्यवसायिक उत्पादनको अन्तिम तयारीमा रहेको रसुवागढीको शेयर मूल्यमा पनि सर्किट लाग्ने क्रममा २९ रुपैयाँले बढेर ३५१ रुपैयाँ पुगेको छ ।

मंगलबार ग्रिन लाइफ हाइड्रोपावरको ८.२६ प्रतिशत, रिलायन्स फाइनान्स ७.९३ प्रतिशत, माउन्टेन इनर्जी ७.३८ प्रतिशत, आखुखोला जलविद्युत कम्पनीको ७.०७ प्रतिशत, एक्सल डेभलपमेन्ट बैंकको ६.९० प्रतिशत, इन्फिनिटी लघुवित्त ६.६१ प्रतिशत र सिइडिवी हाइड्रोपावरको ६.२४ प्रतिशतले सुधार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS