Connect IPS
IME Life

तरलता सहज हुने संकेत सँगै शेयर बजारमा ५६ अंकको सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ तरलता सहज हुने संकेत देखिए सँगै शेयर बजार पनि सुधार हुने संकेत देखिएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा  विस्तारै निक्षेप बढ्न थालेको छ । सरकारले खर्च गर्न नसक्दा ठुलो रकम सरकारी ढुकुटीमै थुप्रिएर बसेको छ । अर्थ मन्त्रालयले बैंकर्स संघको सुझाव अनुसार स्थानीय निकायको केहि रकम बैंकिङ प्रणालीमा जम्मा गर्न निर्देशन दिएको छ । यसले गर्दा केहि रकम बैंकिङ प्रणालीमा देखिने र अहिलेको अधिक तरलता अभावको समस्या केहि हदसम्म सहज हुने विश्लेषण गरिएको छ ।

पूँजीगत खर्च हुन नसक्दा अर्थमन्त्री जनार्दशन शर्मा आफै चिन्तित छन् । उनले खर्च बढाउन के कति गर्न सकिन्छ ति सबै प्रयास गर्न मन्त्रालयलाई निर्देशन समेत दिइसकेका छन् । तर  ठेक्का प्रणालीले गर्दा समयमा बजेट निकासा हुन सक्ने अवस्था छैन । समयमा सरकारी खर्च नहुँदा आर्थिक वर्षको ७/८ महिना तरलता अभावकै रुपमा गुज्रिनु परिरेहको छ । तर्को तर्फ आर्थिक वर्षको अन्तिम समयमा सम्पुर्ण रकम एकै पटक निकासा हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता देखिने गरेको पाइन्छ ।

Prabhu
Crest

यसले शेयर बजारलाई पनि नराम्ररी असर पार्ने गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन पछि पुस महिनाको लागि कुनै पनि बैंकले व्याजदर बढाउन सकेका छैनन् । व्याजदर बढाउन राष्ट्र बैंकले रोक लगाए सँगै यसले केहि हदसम्म राहात प्राद गरेको छ । यदि यहि अवधिमा बजारमा तरलता शिर्जना हुने हो भने शेयर बजारका लागि सबैभन्दा धेरै राम्रो हुनेछ । तर बैंकिङ प्रणालीमा नयाँ निक्षेप शिर्जना भइसकेको छैन । भोलिका दिनमा केहि सहज हुने संकेतले मंगलबार शेयर बजारमा ५६.७३ अंकले सुधार भएको छ ।

नेप्से सूचक २.४१ प्रतिशतले सुधार भएर २४१५.५५ अंकमा रोकिएको छ । नेप्से सूचकमा सुधार देखिए पनि कारोबार रकममा भने सुधार हुन सकेको छैन । आज जम्मा २ अर्ब ३८ करोड रुपैयाँको मात्रै कारोबार भएको छ । लगानीकर्तामा अझै पनि बजार प्रति पुर्ण विस्वास देखिदैन । गत साता सर्वाधिक सुधार हुने क्रममा सर्किट लागेको शेयर बजार दुई दिन पनि तग्न सकेन ।

मंगलबार नेप्से सूचक सँग अन्य सूचक तथा उपसूचक पनि हरियाली भएका छन् । आज सर्वाधिक धेरै विकास बैंक तथा अन्य सूचकमा सुधार देखिएको छ । विकास बैंकको शेयरमा आज उछाल आएको छ । सर्वाधिक धेरै सुधार हुनेमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस फाइनान्सको शेयर मूल्यमा सर्वाधिक धेरै गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS