Connect IPS
IME Life

सम्पुर्ण बाणिज्य बैंकले घोषणा गरे लाभांश, अझै ९ वटाको शेयर खरिद गर्नेले लाभांश पाउन सक्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दोस्रो बजारमा सूचिकृत सम्पुर्ण बाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट  २६ वटै बाणिज्य बैंकले लाभांश घोषणा गरेका हुन् । सरकारी स्वमित्वको राष्ट्रिय बाणिज्य बैंकले भने लाभांश घोषणा गरेको छैन । तर यो बैंक दोस्रो बजारमा सूचिकृत छैन् ।

लाभांश घोषणा गरेको बाणिज्य बैंकहरु मध्ये अझै ९ वटा बाणिज्य बैंकहरुको शेयर खरिद गर्नेले लाभांश पाउन सक्ने छन् । आज मात्रै लाभांश घोषणा गरेको सिभिल बैंक, सिद्धार्थ बैंक, एनसिसी बैंक, नविल बैंक, कृषि विकास बैंक, सेञ्चुरी र एनआईसी एशिया बैंकको शेयर अझै पनि शेयर खरिद गर्नेले लाभांश पाउन सक्छन् । त्यस्तै एनएमबी र नेपाल एसबिआई बैंकको लाभांश आजसम्म शेयर खरिद गर्नेले प्राप्त गर्न सक्ने छन् । हिमालयन बैंक मर्जरको प्रकृयाँमा रहेकाले बैंकको शेयर खरिद बिक्री बन्द छ ।

Prabhu
Crest

लाभांश घोषणा गरेका २६ बाणिज्य बैंकको औषत लाभांश १४.३२ प्रतिशत रहेको छ । जस मध्ये बोनश शेयरको हिस्सा १२.१३ प्रतिशत रहेको छ भने नगद लाभांशको हिस्सा जम्मा २.१९ प्रतिशत मात्रै छ ।

नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा डिक्सरेज गरे सँगै सबैले बोनश शेयरलाई प्राथमिकता दिएका छन् । यस वर्ष सर्वाधिक लाभांश दिनेमा नविल बैंक रहेको छ । नविलले ३३.६ प्रतिशत बोनश शेयर र ४.४ प्रतिशत नगद लाभांश दिने भएको छ ।  सबैभन्दा कम सिभिल बैंकको ५.२६ प्रतिशत मात्रै रहेको छ । नविल पछि दोस्रो धेरै लाभांश दिनेमा कृषि विकास बैंक परेको छ । बैंकले २१.०५ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनी ऐन अनुसार पब्लिक लिमिटेड कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारणसभा गरिसक्नु पर्छ । त्यसैले अधिकाम्स बैंकहरुले पुस मसान्तभित्रमा लाभांश सम्पन्न गर्ने हिसावले अगाडी बढेका छन् । यदि पुस मसान्तभित्रमा साधारणसभा सम्पन्न भएन भने उनिहरुले कम्पनी रजिष्ट्रारको कार्यालयमा हर्जना तिर्नु पर्छ । अर्को तर्फ नेपाल स्टक एक्सचेन्जले कम्पनीको वर्गिकरण गर्ने क्रममा पनि असर पर्छ । यदि उनिहरुले यस अवधिमा साधारणसभा गरेनन् भने नेप्सेले सूचिकृत गर्ने ‘क’ वर्गका कम्पनीमा पर्न सक्दैन । बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारणसभा नगर्ने भएकाले उनिहरुले कहिले पनि ‘क’ वर्गमा पर्दैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS