Connect IPS
IME Life

चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदै छन् बोनश ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंक, एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारितका लागि वार्षिक साधारण सभा बोलाएका छन् । उक्त सभा प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गर्ने भएसँगै पुस ६ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।

नेपाल एसबिआई बैंकले यस वर्ष ३ दशमलव ५० प्रतिशत बोशस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ८१ प्रतिशत नगद लाभांश पारित गर्न पुस २० गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

Prabhu
Crest

त्यस्तै एनएमबि बैंकले यस वर्ष १२ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले पुस पुस २२ गते २६औं वार्षिक साधारण सभा मार्फत पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले भने पुस ७ गते एक दिन मात्र बुक क्लोज गर्ने भएको छ । त्यसकारण आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

साथै, छिमेक लघुवित्तले भने यस वर्ष २७ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश पुस २३ गते २०औं वार्षिक साधारण सभा मार्फत पारित गराउने तयारी गरेको छ । कम्पनीले सभा प्रयोजनका लागि पुस ७ गतेदेखि सभा हुने दिनसम्मनै बुक क्लोज गर्ने भएको छ । त्यसकारण आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

त्यसैगरी गणपति लघुवित्तले यस वर्ष १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले पुस १७ गते पाँचौ वार्षिक साधारण सभा मार्फत पारित गर्दैछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS