Connect IPS
IME Life

प्राइम कमर्सियल बैंकको साधारण सभा आज, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १४औं साधारण सभा आज पुस ६ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय, कार्यालय, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे गर्ने बैंकले जनाएको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले शेयरधनीहरुलाई सञ्चालक समितिे प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १६ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको नियुक्ति गर्ने, प्रवन्धपत्रको उद्देश्यमा आवश्यक संशोधन गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ गते एक दिन बुक क्लोज गरेको छ । त्यसकारण मंसिर २१ गतेसम्म कायम शेयरधनीहरु मात्र उक्त सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS